मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सञ्चारकर्मी कुमार यात्रुसहित आदिवासी अधिकारकर्मी सम्मानित

1.5K
SHARES
सञ्चारकर्मी कुमार यात्रुसहित आदिवासी अधिकारकर्मी सम्मानित

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु तामाङलाई ह्योल्मो समुदायले सम्मान गरेको छ । यात्रुसँगै पाँच जना आदिवासी अधिकारकर्मीलाई पनि अभिनन्दन गरिएको हो ।

नेपाल ह्योल्मो महिला सङ्घ र ह्योल्मो सञ्चार समूहको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी तथा कार्यक्रम निर्माता तामाङलाई विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । सञ्चार माध्यमको प्रयोगमार्फत आदिवासी ज्ञानको प्रवर्द्धन, आदिवासी प्रथाजनित संस्थाको संरक्षण तथा भूमि, भूभाग र भूक्षेत्रसम्बन्धी अधिकार पुनस्र्थापनामा योगदान पुर्‍याएको कदरस्वरूप यात्रुलाई सम्मान गरिएको हो ।

सञ्चारकर्मी तामाङले ह्योल्मो समुदायको प्रथाजनित संस्था ‘ह्युलठिम’ सम्बन्धी अनुसन्धान गर्नुका साथै यसको संरचना र सांस्कृतिक कार्यक्रममार्फत पर्यटन प्रवर्द्धनसम्बन्धी वृत्तचित्र निर्माण गरेका छन् ।

कार्यक्रममा वरिष्ठ आदिवासी मानवअधिकारकर्मी शङ्कर लिम्बूलाई पनि अभिनन्दनसहित सम्मान प्रदान गरिएको छ । आदिवासी मानवअधिकारसम्बन्धी वकिल समूह लाहुर्निपका उपाध्यक्षसमेत रहेका लिम्बू संयुक्त राष्ट्रसङ्घ मानव अधिकार आयोगबाट समेत पुरस्कृत भइसकेका छन् । लिम्बूले आदिवासी समुदायमाथि हुने मानवअधिकार उल्लङ्घनविरुद्ध निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएका छन् ।

यसैगरी कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र ल्हासाका लागि पूर्व महावाणिज्यदूत विनोद ह्योल्मोलाई पनि सम्मान तथा अभिनन्दन गरिएको थियो ।

नेपाल ह्योल्मो समाज सेवा संघकी अध्यक्ष रेन्जेन डोल्मा ह्योल्मोको उपस्थितिमा सम्पन्न कार्यक्रममा ह्योल्मो प्रथाजनित संस्थाका प्रतिनिधिका रूपमा लामा, गोवा र च्यिवालगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १६, बुधबार ०७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP