मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

५ मध्ये ४ जनाको समर्थन पाएका सुजन लामाले मागे अध्यक्षको जिम्मेवारी

6.1K
SHARES
५ मध्ये ४ जनाको समर्थन पाएका सुजन लामाले मागे अध्यक्षको जिम्मेवारी

काठमाडौं । अध्यक्ष पदका उम्मेदवार सुजन लामा मोक्तानले गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलमा देखिएको नेतृत्व विवादको जिम्मा बहालवाला अध्यक्ष दीपा काफ्लेलाई लगाएका छन् । उनका अनुसार, ५ मध्ये ४ जना उम्मेदवारले आफ्नो पक्षमा समर्थन जनाए पनि काफ्लेको अडानका कारण सहमतिको बाटो बन्द भएको हो ।

गत जुलाई ६ मा पोर्चुगलमा एनआरएनए एनसिसीको निर्वाचन मिति तोकिएको थियो । अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका थिए । यद्यपि, दीपा काफ्लेले आफ्नो प्रतिस्पर्धीहरूमध्ये चारजनाको बीचमा सहमति भएमा आफू पद त्याग्न तयार हुने भनाइ सार्वजनिक गरेपछि तीन अन्य उम्मेदवार (दीपेश विष्ट, जया बहादुर केसी र रेखा रेग्मी) ले सुजनको पक्षमा सहमति जनाउँदै हस्ताक्षर गरेका थिए ।

तर, मोक्तानको भनाइमा, सहमतिको प्रक्रिया पूरा भएपछिको अवस्थामा काफ्ले पुनः आफ्नो अघिल्लो धारणा विपरीत उभिएको आरोप लगाएका छन् । उनले भने, ‘पहिले सहमति भएमा अध्यक्ष छाड्ने भनेकी दीपा काफ्ले अहिले न त अध्यक्ष पद दिन चाहन्छिन्, न निर्वाचन नै गर्न दिन चाहन्छिन्।’

यस घटनाले एनआरएनए पोर्चुगलमा नेतृत्व चयन प्रक्रिया झनै जटिल बनाएको छ। सुजनले यस अवस्थाको औपचारिक उजुरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसिसी) पोर्चुगलको १०औँ एकता महाधिवेशनमा दिइसकेका छन् ।

उनले संगठनको नेतृत्व सहमतिका आधारमा तय गर्नुपर्ने र निर्वाचनबाट उम्कने प्रयास संस्थागत मूल्य–मान्यताको अपमान हुने बताए । ‘यदि हामी संस्थाको अनुशासन र प्रक्रियालाई बेवास्ता गर्छौं भने, एनआरएनएजस्तो अन्तर्राष्ट्रिय संस्था पनि व्यक्तिगत स्वार्थको बन्दी बन्छ,’ उनले थपे ।

यसबीच, अन्य तीनजना सहमतिको पक्षमा रहेका उम्मेदवारहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । दीपा काफ्लेले भने यस विषयमा प्रतिकृया दिन मानेकी छैनन् ।

संस्थाको नेतृत्वमा उत्पन्न यो जटिलताले एनआरएनए पोर्चुगलको आगामी कार्यक्रमहरूमा समेत प्रभाव पार्न सक्ने देखिन्छ । महाधिवेशनलाई लक्षित गरेर बनेका कार्ययोजना अन्यौलमा परेका छन् भने साधारण सदस्यहरूमा असन्तोष बढेको छ ।

अब नेतृत्व चयनको प्रक्रिया सहमतिबाट अघि बढ्ने हो वा निर्वाचनबाट, त्यसको टुंगो भने आगामी दिनमा प्रस्टिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २८, शनिबार १२:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP