मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

झापामा फेरि हात्तीको आक्रमण, शौचालय जान निस्किएका लिम्बूको ज्यान गयो

2.6K
SHARES
झापामा फेरि हात्तीको आक्रमण, शौचालय जान निस्किएका लिम्बूको ज्यान गयो

झापा । झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ ।

बिर्तामोड नगरपालिका–७ निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीबार बिहानको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहान करिब ३ बजेको समयमा शौचालयतर्फ जाँदै गर्दा लिम्बूमाथि हात्तीले आक्रमण गरेको थियो । गम्भीर घाइते भएका उनलाई उद्धार गर्न नपाउँदै घटनास्थलमै मृत्यु भएको हो ।

यसअघि असार ६ गते मेचीनगरमा समेत हात्तीको आक्रमणबाट एक जनाले ज्यान गुमाएका थिए ।

प्रत्येक वर्ष झापामा हात्ती आक्रमणका घटना बढ्दै गइरहेका छन् । चालु आर्थिक वर्षमा मात्रै जंगली हात्तीको आक्रमणबाट जिल्लामा ६ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १९, बिहीबार ०४:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP