मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसदको प्रभावकारिता बढाउन संसदीय अभ्यासमा सुधार आवश्यकः उपसभामुख राना मगर

3K
SHARES
संसदको प्रभावकारिता बढाउन संसदीय अभ्यासमा सुधार आवश्यकः उपसभामुख राना मगर

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले संसद्‌को प्रभावकारिता, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न संसदीय अभ्यासमा आमूल सुधारको खाँचो झनै बढेको बताएकी छन् । संसद् दिवस २०८२ को अवसरमा दिइएको शुभकामना सन्देशमा उनले संसद्लाई जनउत्तरदायी बनाउन सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने धारणा राखेकी हुन् ।

‘संसद् जनताको चाहना र अपेक्षाको प्रतिबिम्ब हो । तर अहिले संसद्‌को जनप्रतिनिधिमूलक भूमिका कत्तिको प्रभावकारी छ भन्ने विषय बहसको केन्द्रमा रहेको छ,’ सन्देशमा भनिएको छ, ‘संसद् कमजोर हुँदा जनताको आवाज दबिन्छ। त्यसैले संसदीय सर्वोच्चताको प्रत्याभूति गर्न सबैले भूमिका खेल्न जरुरी छ ।’

उपसभामुख राना मगरले लोकतान्त्रिक मूल्य र मान्यताका संरक्षण र सुदृढीकरणमा संसद् दिवसले नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरिन् । ‘संसद् दिवसले संघीय संसद्‌का वर्तमान तथा पूर्वसांसद, संविधानसभा सदस्य, संसद् सचिवालयका कर्मचारी र सम्पूर्ण नेपाली जनतालाई लोकतन्त्रको रक्षामा जुट्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु,’ उनले उल्लेख गरेकी छन् ।

नेपालमा पहिलोपटक विसं २०१६ असार १६ गते संसद्को बैठक बसेको स्मरणमा प्रत्येक वर्ष यही दिन संसद् दिवस मनाइन्छ । दिवसको अवसरमा उपसभामुख रानाले प्रजातन्त्र स्थापनार्थ प्राण उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, आन्दोलनमा सहभागी जनताको आकाङ्क्षा पूरा गर्ने दिशामा सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् ।

‘विधायिका लोकतान्त्रिक शासन व्यवस्थाको मूल आधार हो,’ राना मगरले भनिन्, ‘संसद् नागरिकको आवाज, चाहना र आवश्यकता बोकेको संस्था हो । यसले नीति निर्माण, कानुन व्यवस्था, योजना तय र कार्यान्वयन अनुगमनमार्फत शासन प्रणालीलाई जीवन्त बनाउने जिम्मेवारी निर्वाह गर्छ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ असार १६, सोमबार ०५:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP