मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आर्थिक विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित, कर नीति स्थिरताको प्राथमिकता

2.4K
SHARES
आर्थिक विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित, कर नीति स्थिरताको प्राथमिकता

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिएको आर्थिक विधेयक प्रतिनिधिसभाबाट बहुमतका आधारमा पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए, जसलाई सभाले स्वीकृति प्रदान गर्‍यो ।

बैठकमा आर्थिक विधेयकमा दर्ता गरिएका विभिन्न संशोधन प्रस्तावहरूमा छलफल भएको थियो । संशोधनमाथिको बहसको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले चालु आर्थिक नीतिलाई स्थिर बनाउँदै लगानीकर्तालाई निश्चितता प्रदान गर्ने उद्देश्यले यसपटक धेरै दर तथा प्रावधानहरूमा ठूलो हेरफेर नगरिएको स्पष्ट पारे ।

कर प्रणालीमा स्थिरता र विश्वासको सन्देश
अर्थमन्त्री पौडेलले कर नीतिको अस्थिरताका कारण विगतमा उद्योगी व्यवसायीलाई लगानीको पूर्वानुमान गर्न कठिन भएको बताए । ‘व्यवसायिक वातावरणमै अन्योल पैदा हुन्थ्यो,’ उनले भने, ‘त्यसैले यो वर्ष कर नीति र दरमा यथासम्भव निरन्तरतामा जोड दिइएको छ ।’

उनका अनुसार, करको दायरा फराकिलो पार्नु, राजस्व चुहावट रोक्नु र अनौपचारिक क्षेत्रलाई कर प्रणालीभित्र ल्याउनु विधेयकका प्राथमिक उद्देश्य हुन् ।

उत्पादन र लगानीलाई प्रोत्साहन
विधेयकमा केही विशिष्ट क्षेत्रहरूलाई कर छुट र सहुलियत दिइएको छ । जसले उत्पादन, उत्पादकत्व र रोजगारी सृजनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । अर्थमन्त्री पौडेलले भने, ‘हामीले कर प्रोत्साहनमार्फत उद्यमशीलतालाई प्रोत्साहन दिने प्रयास गरेका छौँ ।’

संशोधनहरू अस्वीकृत
विधेयकमाथि आएका सबै संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत गरिए । प्रतिपक्षी दलहरूले कर छुट वितरणका मापदण्ड, राजस्व प्रक्षेपणको यथार्थता र करको न्यायोचितता लगायत विषय उठाएका थिए । तर, ती सुझावहरू सत्तापक्षले अस्वीकार गरेपछि विधेयक यथास्थितिमा पारित गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १४, शनिबार ११:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP