मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसईई नतिजा आज सार्वजनिक हुने सम्भावना

2.1K
SHARES
एसईई नतिजा आज सार्वजनिक हुने सम्भावना

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनसम्बन्धी निर्णय गर्न आज बोर्ड बैठक बस्नेछ । यद्यपि बैठकको समय अझै टुंगो लागेको छैन ।

बोर्ड स्रोतका अनुसार बैठक आज अपरान्ह ५ बजेतिर बस्ने र त्यसपछि नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ ।

चालु वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडबृद्धि तर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए । कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १३, शुक्रबार ०५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP