मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लामिछानेलाई अदालत उपस्थित गराइयो

1.7K
SHARES
लामिछानेलाई अदालत उपस्थित गराइयो

पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित ५ जनालाई आज पुनः अदालतमा उपस्थित गराइएको छ। उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। सरकारी वकिल कार्यालयले उनीहरूका लागि म्याद थप गर्न माग गरेको छ।

प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन बुझाइसके पनि त्यसलाई अध्ययन गर्न थप समय आवश्यक परेकोले म्याद थपको माग गरिएको हो। न्यायाधिवक्ता कमला काफ्लेका अनुसार पुस ५ भित्रै अभियोगपत्र दर्ता गरिनेछ।

उनले थप जानकारी दिँदै भनिन्, “प्रहरीको रायलाई हुबहु लागू गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ।”

यसैबीच, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड रुपैयाँ बराबरको बिगो माग गर्दै प्रहरीले प्रतिवेदन तयार पारेको छ। डीएसपी वसन्तकुमार शर्माका अनुसार, यस विषयमा विस्तृत अनुसन्धान रिपोर्टसमेत अदालतमा पेश गरिएको छ।



अगुल्टो अगुल्टो   
  • २०८१ पुष २, मंगलवार ०५:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP