मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बदली र वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

637
SHARES
देशभर बदली र वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम बदली रहने र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा हुने सम्भावना छ । ती क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अधिकांश स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमतीका हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपात हुनसक्नेछ ।

तराई क्षेत्रमा पनि राति वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका अधिकांश स्थानमा, बागमतीका तराई क्षेत्रमा धेरै स्थानमा तथा मधेश र कोशीका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले वर्षा, हिमपात, चट्याङ, हावाहुरी तथा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १०, शनिबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP