मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ५५३ पुग्यो, २ हजार ३८१ अझै बेपत्ता

715
SHARES
भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ५५३ पुग्यो, २ हजार ३८१ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानकको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । नेपाल प्रहरीले विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् ।

बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौंका अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९७ जना रहेका छन् ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीसहित भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी सम्पर्कविहीन छन् ।

यस्तै, बाढीमा परी सर्वसाधारणसहित कुल २ हजार ३८१ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाको खोजी तथा प्रभावितको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायका टोली परिचालन गरिएको छ । सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १३, शनिबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP