मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बेलायतमा बालिका र महिलामाथि यौन अपराध गर्ने नेपाली पुरुषलाई २५ वर्ष जेल

611
SHARES
बेलायतमा बालिका र महिलामाथि यौन अपराध गर्ने नेपाली पुरुषलाई २५ वर्ष जेल

काठमान्डु । बेलायतमा सात बालिका र एक महिलामाथि बलात्कार तथा यौन शोषण गरेको दोषी ठहरिएका एक नेपाली पुरुषलाई २५ वर्ष कैद सजाय सुनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पिटरबरोमा बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन अदालतले दीर्घकालीन यौन अपराधका लागि सजाय सुनाएको हो । अदालतका अनुसार उनले १९ वर्षभन्दा बढी समयसम्म सात बालिका र एक महिलामाथि पटक–पटक यौन हिंसा गर्दै आएका थिए । सार्वजनिक सूचनामा उनको स्थायी ठेगाना काठमान्डु रहेको उल्लेख छ ।

सन् २०२३ नोभेम्बरमा एक पीडितले आफ्नो परिवारसँग गोप्य रूपमा घटनाबारे बताएको आधारमा ढकाल पक्राउ परेका थिए । त्यसपछि थप सात जना पीडित अगाडि आएका थिए । पीडितमध्ये एक जनाबाहेक सबै यौन दुव्र्यवहार हुँदा बालिका थिए, जसमा सबैभन्दा सानी बालिकाको उमेर केवल ८ वर्ष थियो । सात जना क्याम्ब्रिजसायरका र एक जना लन्डनकी भएको बताइएको छ । धेरै पीडितहरूले डर र अविश्वासका कारण वर्षौँसम्म घटना लुकाइरहेका थिए ।

ढकाल पिटरबरोमा केही वर्षदेखि एक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १७, बुधबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP