मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजीको सडक आन्दोलनः भ्रष्टाचार र डिजिटल बन्दविरुद्धको आवाज

2.6K
SHARES
जेनजीको सडक आन्दोलनः भ्रष्टाचार र डिजिटल बन्दविरुद्धको आवाज

काठमाडौं । सरकारको कामकारबाहीमा असन्तुष्टि जनाउँदै ‘जेनजी पुस्ता’ सडकमा ओर्लिएको छ । भ्रष्टाचारविरुद्ध प्रश्न उठाउँदै र सामाजिक सञ्जाल बन्दको निर्णयप्रति आपत्ति जनाउँदै उनीहरूले देशव्यापी प्रदर्शन थालेका छन् ।

सरकारले भदौ १९ गते २६ वटा सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णय गरेपछि युवा पुस्ताले प्रतिरोधको स्वर उचालेको हो । उनीहरूको भनाइमा, सामाजिक सञ्जाल अभिव्यक्तिको आधारभूत माध्यम हो र यसलाई जबर्जस्ती बन्द गर्ने सरकारी निर्णय नागरिक अधिकारमाथिको प्रहार हो ।

काठमाडौंमा बृहत् प्रदर्शन
काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म हजारौं युवा भेला भएका छन् । नाराबाजीसहित शान्तिपूर्ण तर उत्साहपूर्ण शैलीमा उनीहरू सडकमा उत्रिएका छन् । सहभागीहरूले सडकमै नाचगान गर्दै, पोस्टर र ब्यानर प्रदर्शन गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । ‘सरकार तिम्रो पाराले, दुःख पाए साराले’ भन्ने नारा उनीहरूको मुख्य स्वर बनेको छ ।

देशभर फैलिएको आन्दोलन
केवल राजधानी मात्र होइन, देशका अन्य सहरहरूमा पनि यस खाले प्रदर्शन भइरहेका छन् । पोखरा, धरान, विराटनगर, नेपालगञ्ज जस्ता सहरमा पनि विद्यार्थी र युवा सँगै भेला भएर सरकारविरुद्ध आवाज उठाइरहेका छन् ।

को हुन् ‘जेनजी’?
सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवाहरूलाई ‘जेनजी पुस्ता’ भनिन्छ । यो पुस्ता डिजिटल दुनियाँसँग अभ्यस्त, सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्ने र परिवर्तनको मागमा सशक्त ढंगले अघि बढ्ने पुस्ता मानिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ०६:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP