मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिहारमा मन्त्रीमाथि गाउँलेको ढुंगामुढा, ज्यान जोगाउन दौडिए एक किलोमिटर

1.4K
SHARES
बिहारमा मन्त्रीमाथि गाउँलेको ढुंगामुढा, ज्यान जोगाउन दौडिए एक किलोमिटर

काठमाडौं । भारतको बिहार राज्यमा बुधबार एउटा नाटकीय घटना घटेको छ । नालन्दा जिल्लाको हिल्सा प्रहरी क्षेत्रअन्तर्गत मलावन गाउँमा पुगेका मन्त्री श्रवण कुमारमाथि स्थानीयले ढुंगामुढा गरेका छन् ।

तीन दिनअघि भएको सवारी दुर्घटनामा मलावनका नौ जनाको ज्यान गएको थियो । त्यसैका पीडित परिवारलाई भेटेर सान्त्वना दिन मन्त्री श्रवण कुमार र स्थानीय विधायक गाउँ पुगेका थिए ।

सान्त्वना भेटघाटपछि फर्किन खोज्दा गाउँलेहरूले मन्त्री र विधायकलाई अझै केही समय बस्न आग्रह गरे । तर मन्त्रीले अन्य कार्यक्रममा जानुपर्ने भन्दै गाउँ छाड्न खोजेपछि असन्तुष्टि बढ्यो ।

गाउँलेहरूले क्षतिपूर्तिको माग उठाएपछि विवाद चर्कियो । भीडले मन्त्रीसहितको टोलीलाई घेरेर ढुंगामुढा गर्न थाले । घटनामा मन्त्रीका अंगरक्षकसहित केही व्यक्ति घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ज्यान जोगाउन मन्त्री श्रवण कुमार झन्डै एक किलोमिटरसम्म दौडिन बाध्य भएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार १०:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP