मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोइँच मिथकमा बाल कथा लेखन कार्यशाला गोष्ठी सम्पन्न

559
SHARES
कोइँच मिथकमा बाल कथा लेखन कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । रामेछापको कुँबुकाँस्थलीमा कोइँच मिथकमा बाल कथा लेखन मासम्बन्धी कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ । स्थानीय स्तरमा बाल साहित्यको विकास तथा शिक्षकहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा १० जना स्थानीय विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा नेपाल बाल साहित्य समाजका अध्यक्ष बिजयराज आचार्य, पत्रकार क्रान्ति तथा कलाकार भानुले सहभागी शिक्षकहरूलाई बाल कथा लेखनका विभिन्न विधि, शैली र सिर्जनात्मक अभ्यासबारे अनुशिक्षण प्रदान गरेका थिए । प्रशिक्षकहरूले बाल मनोविज्ञानअनुसार कथा निर्माण, सरल भाषा प्रयोग तथा सन्देशमूलक सामग्री तयार गर्ने विषयमा विशेष जोड दिएका थिए ।

कार्यक्रमको सहजीकरण उत्तमकुमार सुनुवारले गरेका थिए भने व्यवस्थापनको जिम्मेवारी देबकुमार सुनुवार, बिष्णु सुनुवार र नरोतम सुनुवारले सम्हालेका थिए । सहभागी शिक्षकहरूले कार्यशालालाई अत्यन्त उपयोगी र प्रेरणादायी अनुभवको रूपमा लिएका छन् ।

आयोजकका अनुसार यो कार्यशाला चैत्र २५ गतेसम्म सञ्चालन हुनेछ, जसमा थप व्यवहारिक अभ्यास तथा कथा प्रस्तुति कार्यक्रमहरू समावेश गरिनेछन् । बाल साहित्यको प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २१, शनिबार १५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP