मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्री घिसिङ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

1.6K
SHARES
मन्त्री घिसिङ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार शिष्टाचार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा सम्पन्न भेटमा दुई देशबीचको आपसी सम्बन्ध र विकास आयोजनामा सहकार्यबारे छलफल गरिएको मन्त्री घिसिङको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री घिसिङले नेपालको विकासमा भारतको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै बदलिँदो परिस्थितिमा अझ प्रगाढ सहकार्यको अपेक्षा व्यक्त गरे । उनले विशेष गरी ऊर्जा र भौतिक पूर्वाधारका क्षेत्रमा भारतसँग सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

राजदूत श्रीवास्तवले नेपालको समग्र विकासमा भारत निरन्तर साझेदार रहने प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा दुवै देशबीचका विकास परियोजनामा अझ प्रभावकारी सहकार्य हुने विश्वास व्यक्त गरे ।

भेटका क्रममा राजदूतले मन्त्री घिसिङलाई बधाई र शुभकामना पनि दिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ५, आईतवार १०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP