मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनचाँदीको मूल्यमा फेरि उछाल, सुनले बनायो नयाँ ऐतिहासिक रेकर्ड

2.2K
SHARES
सुनचाँदीको मूल्यमा फेरि उछाल, सुनले बनायो नयाँ ऐतिहासिक रेकर्ड

काठमान्डु । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम राखेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य हालसम्मकै उच्च मानिएको छ ।

यसअघि आइतबार मात्रै सुनको मूल्यले असोज ३१ गतेको पुरानो रेकर्ड तोडेको थियो । आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने त्यसअघि असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यता, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । सोमबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढ्दै ३ हजार ८७० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी ३ हजार ८२५ रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।

यसअघि चाँदीले गत शुक्रबार हालसम्मकै उच्च मूल्य ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाइसकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २९, सोमबार ०५:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP