मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एटिएमबाट हुने नगद कारोबारको सीमा कटौती, दैनिक ५० हजार मात्र झिक्न पाइने

2.7K
SHARES
एटिएमबाट हुने नगद कारोबारको सीमा कटौती, दैनिक ५० हजार मात्र झिक्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएममार्फत हुने नगद कारोबारको सीमा कटौती गरेको छ । शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि एटिएम निकासीको नयाँ सीमा तोकिएको हो ।

नयाँ व्यवस्था अनुसार एटिएमबाट एक दिनमा अधिकतम ५० हजार रुपैयाँसम्म मात्र झिक्न पाइनेछ । प्रतिकारोबारको सीमा २० हजार रुपैयाँ निर्धारण गरिएको छ । यससँगै मासिक निकासीको सीमा पनि घटाइँदै ३ लाख रुपैयाँमा सीमित गरिएको छ ।

यसअघि प्रयोगकर्ताले प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ४ लाख रुपैयाँसम्म झिक्न पाउँथे । नयाँ निर्देशन लागू भएलगत्तै यी सबै सीमा स्वतः परिमार्जित हुनेछन् ।

डिजिटल कारोबारलाई प्राथमिकता
राष्ट्र बैंकले नगद प्रयोग घटाएर विद्युतीय माध्यमबाट हुने भुक्तानीलाई प्रोत्साहन गर्न यो कदम चालेको जनाएको छ । बैंकको मान्यतामा डिजिटल पेमेन्ट प्रणालीलाई बलियो बनाउन तथा अवाञ्छित नगदी प्रवाह नियन्त्रण गर्न एटिएम निकासी सीमा समायोजन आवश्यक देखिएको हो ।

बैंक तथा कार्ड प्रयोगकर्तालाई तयारीपूर्वक अघि बढ्न आग्रह
निर्देशनसँगै कार्ड सेवा प्रदायक संस्था तथा बैंकहरूलाई नयाँ सीमा अनुसार प्रविधिगत तथा सेवा अभिमुख समायोजन गर्न भनिएको छ । साथै, कार्ड प्रयोगकर्ताहरूलाई आवश्यक खर्च र वैकल्पिक डिजिटल भुक्तानी माध्यमबारे सजग हुन आग्रह गरिएको छ ।

राष्ट्र बैंकले निकट भविष्यमै अनलाइन ट्रान्जेक्सन तथा क्यूआर पेमेन्ट जस्ता सेवा अझ विस्तार र सुरक्षित बनाउन पनि तयारी भइरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २५, शनिबार ०७:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP