मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

1.5K
SHARES
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । मंगलबार प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघ्दै हालसम्मकै उच्च दर कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार मात्र ३ हजार ९०० रुपैयाँले वृद्धि भएको हो । सोमबार प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ लाख २१ हजार ७०० रुपैयाँमा पुगेको छ ।

यसअघि सोमबार कायम भएको दरलाई समेत रेकर्ड मानिएको थियो, तर मंगलबार पुनः नयाँ उच्च दर कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँमा रहेको चाँदी मंगलबार बढेर २ हजार ६८० रुपैयाँमा पुगेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ७, मंगलवार ०५:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP