मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्री घिसिङको निर्णय कार्यान्वयन गर्न प्राधिकरण बोर्ड बैठक बस्ने

1.2K
SHARES
मन्त्री घिसिङको निर्णय कार्यान्वयन गर्न प्राधिकरण बोर्ड बैठक बस्ने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मन्त्रालयको कार्यभार सम्हाल्ने क्रममा डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने गरेको निर्णयलाई नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकमार्फत कार्यान्वयन गरिने प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै शाक्यले घिसिङले लिएको निर्णय तत्काल कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार, “मन्त्रीज्यू नै बोर्डका अध्यक्ष हुनुहुन्छ, त्यसैले बोर्डले निर्णय गरेलगत्तै अघि बढ्छौं। भोलि वा पर्सी बैठक बस्ने तयारी भइरहेको छ ।”

शाक्यले अझैसम्म मन्त्री घिसिङसँग व्यक्तिगत छलफल भने नभएको स्पष्ट पारे । उनले सचिव र सहसचिवहरूसँग बक्यौता उठाउने प्रक्रियाबारे प्रारम्भिक छलफल भएको बताए ।

मन्त्री घिसिङले कार्यभार सम्हाल्ने पहिलो दिनमै डेडिकेटेड र ट्रंकलाइन प्रयोगकर्ताबाट बक्यौता उठाउने निर्णय गरेका थिए । प्राधिकरणको आसन्न बोर्ड बैठकले सो निर्णयलाई औपचारिक रूप दिने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ५, आईतवार १०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP