मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर धान रोपाइँ ९१ प्रतिशत पुगेको, गत वर्षभन्दा ८ प्रतिशत बढी

1.3K
SHARES
देशभर धान रोपाइँ ९१ प्रतिशत पुगेको, गत वर्षभन्दा ८ प्रतिशत बढी

काठमाडौं । यस वर्ष देशभर धान रोपाइँको प्रगति ९१ प्रतिशत पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिभन्दा आठ प्रतिशत बढी हो । अहिलेसम्म करिब १२ लाख ५४ हजार हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको छ, जबकि कुल धान खेतीयोग्य क्षेत्रफल करिब १४ लाख हेक्टर रहेको छ ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा ९९.७ प्रतिशत, कर्णाली र लुम्बिनी प्रदेशमा ९८ प्रतिशत र मधेस प्रदेशमा ७६ प्रतिशत रोपाइ सकिएको छ ।

मधेसमा मनसुन ढिलो सक्रिय भई वर्षा पर्याप्त नहुँदा रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस समयमा मधेसमा ९७ प्रतिशत रोपाइँ भइसकेको थियो ।

धान उत्पादनका हिसाबले तराई क्षेत्र सबैभन्दा उपयुक्त मानिन्छ, जसले मुलुकको कुल उत्पादनमा करिब ७० प्रतिशत योगदान पुर्‍याउँछ । बाँकी ३० प्रतिशत उत्पादन पहाडी क्षेत्रबाट आउँछ ।

आर्थिक वर्ष २०८०–८१ मा मुलुकभर ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष करिब ६० लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान छ, जसबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने अपेक्षा गरिएको छ ।

जोशीका अनुसार, प्राकृतिक विपत्ति, अतिवृष्टि, अनावृष्टि र प्रतिकूल मौसमका कारण कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गर्छ । तर, पछिल्ला वर्षमा विकसित भएका प्रविधि, सीप र उन्नत जातका बीउबिजनको प्रयोगका कारण उत्पादन वृद्धि हुने सम्भावना देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २७, मंगलवार ०५:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP