मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘पावर समिट २०२५’ को लोगो सार्वजनिक, ऊर्जा आत्मनिर्भरता र निर्यात क्षमताको सन्देश

2K
SHARES
‘पावर समिट २०२५’ को लोगो सार्वजनिक, ऊर्जा आत्मनिर्भरता र निर्यात क्षमताको सन्देश

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आगामी असोज २९ र ३० गते (अक्टोबर १५–१६, २०२५) काठमाडौंमा आयोजना हुने नवौँ संस्करणको ‘पावर समिट २०२५’ को लोगो सार्वजनिक गरेको छ ।

‘मिसन २८ हजार ५०० मेगावाट ः पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ भन्ने मूल नारासहित आयोजना हुने समिटका लागि सार्वजनिक गरिएको लोगोमा नेपालको समग्र ऊर्जा क्षेत्रलाई समेट्ने दृश्य समावेश गरिएको छ ।

हरियो पातजस्तो देखिने संरचनाले समिटको लोगोमा दिगोपनको सन्देश दिन्छ । सोही संरचनाबाट जलविद्युत्, सौर्य, पवनलगायत नवीकरणीय ऊर्जा स्रोतहरूलाई चित्रण गरिएको छ । मुख्य रूपमा देखिएको विशाल जलविद्युत आयोजना नेपालको जलस्रोतमा आधारित स्वच्छ ऊर्जा भविष्यको संकेत हो भने यसको छेउमा देखिएका ब्याट्री भण्डारण प्रणालीले ऊर्जा सुरक्षाको यात्रालाई संकेत गर्छ ।

त्यस्तै, सौर्य प्यानल र अन्य नवीकरणीय संयन्त्रहरूले ऊर्जाको विविधिकरणतर्फको प्रतिबद्धता देखाउँछन् । पहाड र हिमालबीच देखिएका प्रसारण लाइनहरूले सीमापार विद्युत व्यापारको सम्भावनालाई उजागर गर्छन् ।

लोगोमा समावेश गरिएका विद्युतीय सवारी चार्जिङ स्टेशन, औद्योगिक क्षेत्र र सडक बत्तीहरूले उत्पादन भएको ऊर्जा देशका विभिन्न क्षेत्रमा कसरी प्रयोग भइरहेको छ भन्ने कुरालाई दर्शाउँछन् । यिनै पक्षहरूले नेपाललाई ऊर्जा आत्मनिर्भर बनाउँदै दक्षिण एशियाली बजारमा निर्यात गर्न सक्ने देशका रूपमा चित्रित गरेका छन् ।

समिटको संरक्षकत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गर्नेछ भने कन्ट्री पार्टनरको रूपमा भारतीय राजदूतावास रहनेछ । समिटमा ३० भन्दा बढी देशका एक हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ । त्यसक्रममा १० वटा समसामयिक सत्रहरूमा विभिन्न ऊर्जा सम्बन्धी विषयमा गहन छलफल हुने आयोजक इप्पानले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २१, बुधबार १०:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP