मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चन्द्रपुर उद्योग वाणिज्य संघको अध्यक्षताका लागि सापकोटा पक्षमा समर्थन बढ्दो, अधिवेशनमा प्रतिस्पर्धा हुने संकेत

2.3K
SHARES
चन्द्रपुर उद्योग वाणिज्य संघको अध्यक्षताका लागि सापकोटा पक्षमा समर्थन बढ्दो, अधिवेशनमा प्रतिस्पर्धा हुने संकेत

रौतहट । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनको पूर्वसन्ध्यामा वर्तमान अध्यक्ष उदय नारायण सापकोटा पुनः नेतृत्वमा फर्कन सक्ने सम्भावना बलियो देखिएको छ । शनिबार संघको नव निर्मित भवनमा हुन लागेको अधिवेशनमा सापकोटाको पुनः उम्मेदवारीलाई व्यवसायी समुदायले सकारात्मक रूपमा ग्रहण गरिरहेको छ ।

सापकोटाको नेतृत्वमा संघले संरचनागत रूपमा सशक्त रूप लिएको, सदस्य व्यापारीका समस्यामा सक्रियता देखाएको तथा नीति सुधारमा समेत अग्रसरता देखाएको व्यापारीहरू बताउँछन् । संघको आफ्नै भवन निर्माण, व्यवसायी हितको पैरवी र प्रशासनसँगको समन्वयमा उनले खेलेको भूमिकाले उनीप्रति भरोसा बढाएको छ ।

“सापकोटाज्यूले संघलाई व्यवस्थित संस्थाका रूपमा उभ्याउनु भयो,” व्यापारी शिवराम राउत भन्छन्, “अझ बाँकी रहेका कामहरू पुरा गर्न उहाँकै निरन्तरता आवश्यक छ । त्यसैले हामी उहाँकै नेतृत्व चाहन्छौं ।”

सापकोटाको स्पष्ट अभिव्यक्ति, दीर्घदृष्टि, र राजनीतिक तथा प्रशासनिक वृत्तसँगको सहकार्यले उनलाई ‘भिजनरी लिडर’का रूपमा व्यवसायी समुदायमा चिनिएको छ ।

तर अध्यक्ष पदमा उनको चुनौती पनि छ । संघका पूर्व महासचिव सुनिल कुमार साहले पनि उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस र एमालेनिकट व्यवसायीहरूको समर्थन रहेको भनिएका साह संघमा परिवर्तन आवश्यक भएको बताउँदै मैदानमा उत्रिएका हुन् । तर महासचिव कार्यकालमा खास उपलब्धि नभएको भन्दै उनी आलोचित छन् ।

“महासचिव हुँदा उहाँबाट उल्लेखनीय योगदान देखिएन,” चन्द्रनिगाहपुरका व्यवसायी दीपक न्यौपाने भन्छन्, “यसपटक निरन्तरतालाई नै प्राथमिकता दिनु उपयुक्त हुन्छ ।”

व्यवसायमैत्री नीति निर्माण, संघ–सरकार समन्वय र युवा उद्यमशीलता प्रवर्द्धनजस्ता विषयमा सशक्त रणनीति तय गर्ने तयारी संघले गरिरहेको छ । त्यसैले यो अधिवेशन संघको भविष्यको दिशानिर्धारणका हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको छ ।

व्यवसायीहरूको बहुसंख्यक समर्थन सापकोटा नेतृत्वको पक्षमा देखिए पनि अन्तिम घडीमा सहमति नजुटे प्रतिस्पर्धा अपरिहार्य हुने संकेत देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १६, शुक्रबार १२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP