मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमतीका नौ जिल्लामा रास्वपाको नेतृत्व चयन

507
SHARES
बागमतीका नौ जिल्लामा रास्वपाको नेतृत्व चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।

पार्टीका प्रवक्ता भनिष झाका अनुसार चितवन, रसुवा र ललितपुरमा आइतबार अधिवेशन जारी छ भने सिन्धुपाल्चोकको अधिवेशन विभिन्न कारणले स्थगित गरिएको छ ।

हालसम्म सम्पन्न अधिवेशनबाट काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत तथा रामेछापमा रमेश रायमाझी जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सन्जिव पाठकले जिल्ला सभापतिको जिम्मेवारी पाएका छन् ।

रास्वपाले देशभर संगठन सुदृढीकरण अभियानअन्तर्गत जिल्ला अधिवेशन सञ्चालन गरिरहेको छ । बागमती प्रदेशका बाँकी जिल्लाको अधिवेशन सम्पन्न भएसँगै प्रदेशभित्रको संगठनात्मक संरचना थप व्यवस्थित हुने पार्टीको अपेक्षा छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २४, आईतवार ०७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP