मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मोदी–लामिछाने भेट: नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन सहकार्यको प्रतिबद्धता

442
SHARES
मोदी–लामिछाने भेट: नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन सहकार्यको प्रतिबद्धता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको संवादलाई सकारात्मक भन्दै नेपाल र भारतबीचको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोदीले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर अघि बढ्ने लामिछानेको प्रस्तावको स्वागत गर्दै त्यसप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।

उनले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्साहित रहेको उल्लेख गर्दै ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको बताएका छन् । साथै, दुई देशबीच रहेको ऐतिहासिक, बहुआयामिक र विशेष सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन संयुक्त प्रयास जारी रहने विश्वास व्यक्त गरेका छन् ।

लामिछाने र मोदीबीचको भेटलाई नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आगामी सहकार्यका सम्भावनाबारे केन्द्रित महत्वपूर्ण संवादका रूपमा हेरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २०, बुधबार ०८:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP