मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, २१ जनाको मृत्यु

195
SHARES
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, २१ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित मालवीय नगरमा रहेको एक होटल तथा रेस्टुरेन्टमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार लेमन ग्रिन रेस्टुरेन्टबाट सुरु भएको आगो माथिल्लो तलामा रहेको होटल फ्लोरिस स्टेमा फैलिएको थियो । बिहान करिब ८ः५० बजे आगलागी भएको जानकारी प्राप्त भएपछि दमकल टोली घटनास्थल पुगेको थियो ।

मृत्यु हुनेमध्ये मध्य एसिया र अफ्रिकी मुलुकका नागरिकसमेत रहेको बताइए पनि मृतकहरूको पहिचान प्रक्रिया अझै जारी छ ।

आगलागीका क्रममा भवनभित्र फसेका मानिसहरू ज्यान जोगाउन झ्यालबाट हाम फाल्न बाध्य भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । स्थानीय बासिन्दाले उद्धारमा सहयोग पुर्‍याउन भवनमुनि गद्दा बिछ्याएका थिए ।

उद्धारकर्ताले हालसम्म ३७ जनालाई सुरक्षित बाहिर निकालेका छन् । उद्धार गरिएकामध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ। केही व्यक्तिलाई भवनको बेसमेन्टबाट समेत निकालिएको थियो ।

घटनाको कारण खुल्न बाँकी रहेको छ । दिल्ली अग्नि सेवा र सम्बन्धित निकायले आगलागीबारे अनुसन्धान सुरु गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २०, बुधबार ०८:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP