मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: पश्चिममा लूको जोखिम, पूर्व र मध्य नेपालमा चट्याङसहित वर्षाको सम्भावना

299
SHARES
मौसम पूर्वानुमान: पश्चिममा लूको जोखिम, पूर्व र मध्य नेपालमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ । यसको असरले देशका विभिन्न क्षेत्रमा मौसम अस्थिर बन्नुका साथै वर्षा, हिमपात र गर्मीको जोखिम एकसाथ बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागमा पनि बादल लागेको छ ।

मधेस प्रदेशसहित लुम्बिनीका केही पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अधिकांश तराई भू–भागमा मौसम खुला रहेको जनाइएको छ । अहिले कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

आज दिउँसो दिनभर कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहने अनुमान गरिएको छ । साथै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

विशेषगरी कोशी, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन, चट्याङ तथा मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान पनि गरिएको छ ।

यता पश्चिम नेपालमा भने अत्यधिक गर्मीको असर बढ्ने चेतावनी दिइएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तापक्रम बढेर तातो दिन महसुस हुने तथा तराई क्षेत्रमा ‘लू’ चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ११, सोमबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP