मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्कटल्यान्डमाथि नेपालको शानदार जित, सन्दीपको विश्व कीर्तिमान

338
SHARES
स्कटल्यान्डमाथि नेपालको शानदार जित, सन्दीपको विश्व कीर्तिमान

काठमाडौं । नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको छ । अमेरिकासहितको शृंखलाअन्तर्गत सोमबार भएको खेलमा नेपालले स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

यो जितसँगै नेपाल २२ अंकसहित अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । २७ खेल खेलेको नेपालले १० जित, १५ हार र दुई खेलमा अंक बाँडेको छ । शीर्ष चारमा रहन सके नेपालले विश्वकप ग्लोबल छनोट खेल्दै एकदिवसीय वरीयता जोगाउनेछ ।

नेपालको जितमा कप्तान रोहित पौडेल र युवा ब्याटर इशान पाण्डे चम्किए । तेस्रो विकेटका लागि उनीहरूले १०४ रनको साझेदारी गर्दै टोलीलाई सहज अवस्थामा पुर्‍याए । रोहित ६८ रनमा अविजित रहे भने इशानले ५५ रनको महत्वपूर्ण अर्धशतक प्रहार गरे । अमेरिकाविरुद्ध डेब्यु गरेका इशानको यो लगातार दोस्रो प्रभावशाली प्रदर्शन हो ।

ओपनर आसिफ सेख र कुशल भुर्तेलले नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि दुवैले ६.४ ओभरमा ५८ रन जोडे । आशिफले २९ तथा कुशलले २८ रन बनाए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन युनिभर्सिटि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ३९।१ ओभरमा १९४ रनमा अलआउट भएको थियो । स्कटल्यान्डका लागि ब्रान्डोन म्याकमुलेनले ७३ रनको आक्रामक इनिङ खेले पनि टोलीलाई ठूलो स्कोरतर्फ लैजान सकेनन् ।

नेपालका स्पिनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । पछिल्ला केही खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेका ललितले ७ ओभरमा २५ रन खर्चेर स्कटल्यान्डको मध्यक्रम ध्वस्त पारे ।

यस्तै, लामिछानेले ३ विकेट लिँदै ऐतिहासिक उपलब्धि हात पारे । उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका हुन् । सन्दीपले ब्रान्डोन म्याकमुलेनलाई आउट गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमान तोडे ।

नेपालले यसअघि अमेरिकालाई ८ विकेटले हराएको थियो भने पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस विधिमा २ रनले पराजित भएको थियो । सोमबारको जितसँगै नेपालले त्यस हारको बदला पनि लिएको छ ।

लिग–२ अन्तर्गत घरेलु मैदानमा अन्तिम शृंखला खेलिरहेको नेपालले अब शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । अंक तालिकामा स्कटल्यान्ड ३८ अंकसहित शीर्ष स्थानमा छ भने अमेरिका ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ४, सोमबार ११:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP