मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

533
SHARES
मौसम पूर्वानुमान: केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभावसँगै पूर्वी क्षेत्रमा रहेको न्यून चापीय प्रणाली सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशका धेरैजसो भागमा मौसम बदली भएको छ ।

अहिले मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका साथै अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आकाश सामान्यतया बदली छ भने तराईका केही भागमा आंशिक बदली देखिएको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ । यी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने अन्य प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा तथा उच्च क्षेत्रमा हिमपात हुन सक्छ ।

रातिको समयमा पनि कोशी प्रदेश लगायत पहाडी र हिमाली क्षेत्रमा बदली रहने अनुमान छ । कोशीका केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकीका पहाडी भागमा चट्याङसहित वर्षा हुन सक्नेछ । साथै अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २३, बुधबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP