मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निजामती ऐन मस्यौदामा ट्रेड युनियन अधिकार कटौतीको प्रस्तावप्रति कर्मचारी संगठनको आपत्ति

65
SHARES
निजामती ऐन मस्यौदामा ट्रेड युनियन अधिकार कटौतीको प्रस्तावप्रति कर्मचारी संगठनको आपत्ति

काठमाडौं । सरकारले अघि सारेको ‘संघीय निजामती सेवा ऐन’ को मस्यौदामा कर्मचारीहरूको ट्रेड युनियन अधिकार सीमित पार्ने प्रावधान राखिएको भन्दै विभिन्न कर्मचारी संगठनहरूले विरोध जनाएका छन् । उनीहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो व्यवस्था तुरुन्त फिर्ता लिन माग गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा कर्मचारीहरूको संगठन खोल्ने र सामूहिक सौदाबाजी गर्ने अधिकारमा अंकुश लगाउने प्रयास गरिएको आरोप संगठनहरूको छ । उनीहरूका अनुसार यसले हालसम्म अभ्यासमा रहेको ट्रेड युनियन अधिकार कमजोर बनाउने खतरा छ ।

कर्मचारी संगठनहरूले यस्तो प्रावधान नेपालको संविधान २०७२ को धारा १७ (संघ–संस्था खोल्ने स्वतन्त्रता) र धारा ३४ (उचित श्रम अभ्यास तथा ट्रेड युनियन अधिकार) सँग बाझिने बताएका छन् । साथै, नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय श्रम संगठन ९क्ष्ीइ० का महासन्धिहरूले समेत सार्वजनिक सेवामा ट्रेड युनियन अधिकारलाई आधारभूत अधिकारका रूपमा मान्यता दिएको स्मरण गराइएको छ ।

विज्ञप्तिमा मस्यौदाबाट ट्रेड युनियन अधिकार कटौतीसम्बन्धी सबै व्यवस्था हटाउन, कर्मचारीहरूलाई स्वतन्त्र रूपमा संगठित हुने अधिकार सुनिश्चित गर्न तथा सरोकारवाला पक्षसँग पर्याप्त परामर्शबिना कुनै कानुनी प्रक्रिया अघि नबढाउन माग गरिएको छ ।

उनीहरूले सरकारलाई चेतावनी दिँदै आफ्ना माग बेवास्ता गरिए देशभर चरणबद्ध आन्दोलन सुरु गरिने उल्लेख गरेका छन् । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुने उनीहरूको भनाइ छ ।

संयुक्त विज्ञप्तिमा विभिन्न कर्मचारी संगठनका नेताहरू (भवानी न्यौपाने दाहाल, उत्तमकुमार कटुवाल, अम्बादत्त भट्ट, यामबहादुर खत्री, विजयकुमार यादव र सीता गुरुङ) ले हस्ताक्षर गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १४, सोमबार ०५:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP