मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी-२० आई सिरिज: नेपाल र युएई कीर्तिपुर मैदानमा भिड्दै

1.3K
SHARES
टी-२० आई सिरिज: नेपाल र युएई कीर्तिपुर मैदानमा भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) यूएईविरुद्ध टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ः०० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा आयोजना भएको दुई खेलको टी-२० आई सिरिजमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले सम्हालिरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० आई र ओडीआईका लागि फरक–फरक कप्तान चयन गरेसँगै यो नयाँ नेतृत्वको सुरुआत पनि हो ।

यस खेलका लागि नियमित कप्तान रोहित पौडेलसहित प्रमुख तीव्र गतिका बलर सोमपाल कामी र करण केसी टोलीमा समावेश छैनन् ।

आजको खेल नेपाली क्रिकेटका लागि विशेष महत्त्वको छ । नेपाली टोलीले करिब दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । साथै, स्तरोन्नति गरिएको त्रिवि मैदानमा फ्लडलाइट र नयाँ प्यारापिटसहित पुरुष टोलीको यो पहिलो अन्तर्राष्ट्रिय उपस्थिति हुनेछ ।

हेड–टु–हेड तथ्यांकअनुसार नेपाल र यूएईबीच अहिलेसम्म ११ पटक भिडन्त भएको छ, जसमा नेपालले ६ खेल जितेको छ भने यूएईले ५ खेल आफ्नो पक्षमा पारेको छ । पछिल्लोपटक अक्टोबर २०२५ मा भएको त्रिदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको थियो ।

दुवै टोलीबीच टी-२० आईमा पहिलो भेट सन् २०१९ मा भएको थियो, जहाँ नेपालले यूएईलाई २१ रनले पराजित गरेको थियो ।

नेपाली टोली
दीपेन्द्र सिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ७, सोमबार ०१:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP