मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर

273
SHARES
विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रुपैयाँ १९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ११ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ २७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ७४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ४४ पैसा र बिक्रीदर २१ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ६, शुक्रबार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP