मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

व्यक्तिगत र संस्थागत मुद्दतिमा ब्याजदर ओरालो, आजदेखि नयाँ दर लागू

1.2K
SHARES
व्यक्तिगत र संस्थागत मुद्दतिमा ब्याजदर ओरालो, आजदेखि नयाँ दर लागू

काठमाडौं । भदौ १ गतेदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् । सात वटा बैंकले व्यक्तिगत र सात वटाले संस्थागत खातातर्फ ब्याजदर घटाएपछि समग्रमा मुद्दती निक्षेपको औसत ब्याजदर तल झरेको हो ।

भदौ महिनाका लागि कृषि विकास, एभरेष्ट, कुमारी, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ र सानिमा बैंकले व्यक्तिगत मुद्दतीका दर घटाएका छन् । त्यस्तै, कृषि विकास, एभरेष्ट, नेपाल एसबीआई, लक्ष्मी सनराइज, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ र नबिल बैंकले संस्थागत मुद्दती खातातर्फको ब्याज घटाएका हुन् ।

साउनमा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ५.७५ प्रतिशत थियो भने संस्थागत खातातर्फ ४.११ प्रतिशत थियो । कटौतीसँगै भदौमा औसत ब्याजदर क्रमशः ५.५८ प्रतिशत र ३.९६ प्रतिशतमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

नयाँ दरअनुसार व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा उच्च ब्याजदर एनआईसी एसिया बैंकले ६.२५ प्रतिशत राखेको छ भने सबैभन्दा कम लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत छ ।

त्यस्तै, संस्थागत मुद्दतीतर्फ अधिकतम ५.२५ प्रतिशत र न्यूनतम २.७५ प्रतिशत ब्याजदर स्टान्डर्ड चार्टर्डले निर्धारण गरेको छ ।

केही महिनायता तरलता सहज बन्दै जाँदा बैंकहरु निक्षेप ब्याजदर क्रमशः घटाउने क्रममा छन् । आगामी दिनमा पनि ब्याजदरमा अझै केही समायोजन हुनसक्ने बैंकिङ क्षेत्रका जानकारहरूको अनुमान छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP