मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

1.2K
SHARES
अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल भ्रमणमा आएका छन् । उनी नेतृत्वको टोली तीन दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार अमेरिकी सेना प्यासिफिक कमान्डका डेपुटी कमान्डिङ जेनरल भोवेलसहितको प्रतिनिधिमण्डल मंगलबारसम्म नेपालमा रहनेछ ।

भ्रमणका क्रममा विभिन्न औपचारिक भेटघाट तथा छलफलका कार्यक्रम तय गरिएको छ । यद्यपि टोलीले कस–कससँग भेट गर्ने भन्ने विस्तृत कार्यक्रम सार्वजनिक गरिएको छैन ।

टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पनि अवलोकन गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

यस प्रकारका उच्चस्तरीय भ्रमणले नेपाल र अमेरिकाबीचको सैन्य तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना जस्ता क्षेत्रमा सहकार्य बढाउन मद्दत पुग्ने अपेक्षा नेपाली सेनाले गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १, आईतवार ११:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP