मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देउवा र कोइराला एउटै मञ्चमा, कांग्रेसभित्रको सन्देश के ?

2.1K
SHARES
देउवा र कोइराला एउटै मञ्चमा, कांग्रेसभित्रको सन्देश के ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला एकै मञ्चमा देखिएका छन् । पछिल्लो समय पार्टीभित्र प्रतिस्पर्धी गुटका रुपमा चिनिँदै आएका यी दुई नेताहरू ४३औँ बीपी स्मृति दिवसको अवसरमा एउटै कार्यक्रममा उपस्थित भए ।

‘देश विकास र देशवासीको उन्नतीको आधार–बीपी विचार’ शीर्षकको गोष्ठीका लागि देउवा र कोइराला दुबै राजधानीको बसुन्धरामा आयोजित कार्यक्रममा पुगेका थिए । कार्यक्रममा दुबै नेताले बीपी कोइरालाको योगदानको चर्चा गर्दै वर्तमान राजनीतिक परिवेशमा बीपीको दृष्टिकोण अझ सान्दर्भिक भएको बताए ।

पार्टी महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा चर्किरहेको छ । शेखर कोइरालाले सभापतिको दाबी प्रस्तुत गरिसकेका छन् भने देउवा समूह कोइरालाको बढ्दो प्रभावलाई नियन्त्रण गर्न कसरतमा देखिएको छ । यस्तो अवस्थामा दुबै नेता एउटै मञ्चमा देखिनुलाई पार्टी एकताका लागि सकारात्मक संकेतका रूपमा हेर्नेहरूले पनि छन् ।

यद्यपि कार्यक्रमस्थलमा औपचारिक मुस्कान र सामूहिक उपस्थितिको दृश्य देखिए पनि दुबै समूहका कार्यकर्ताहरूबीच संवाद र सहकार्यको अभाव झल्किन्थ्यो । कोइराला समूहले संस्थापन पक्षले आफूलाई निरन्तर अवमूल्यन गर्ने आरोप लगाउँदै आएको छ ।

बीपीको स्मृति दिवसको अवसर कांग्रेसभित्र नेतृत्वदाबीको शक्ति परीक्षणको मञ्च बन्ने क्रम बढ्दो छ । नेताहरू विचार आदानप्रदानका लागि भन्दा पनि आफ्नो उपस्थितिलाई सन्देशमूलक बनाउन कार्यक्रमहरूमा सहभागी हुने गरेका छन् ।

हालको कांग्रेस नेतृत्वलाई बीपीको आदर्शले एक ठाउँमा त ल्याएको छ, तर त्यो किताबी श्रद्धाञ्जलीभन्दा बढी हुनसकेकै छैन । सभापति चयनको होडमा रहेका देउवा र कोइरालाबीच सहकार्यको आंसिक संकेत देखिए पनि अन्तरिक रुपमा पार्टी अझै विभाजित धारमा नै अघि बढिरहेको छ । आगामी दिनहरूमा यस्तो सहअस्तित्वलाई सहकार्यमा रूपान्तरण गर्न सकिए कांग्रेसले आगामी राजनीतिक चुनौतीहरूसँग सामनाका लागि दरिलो सन्देश दिन सक्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ६, मंगलवार ०५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP