मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिकतर्फ रास्वपाले टुंग्यायो ५७ सांसदको नामावली

2.4K
SHARES
समानुपातिकतर्फ रास्वपाले टुंग्यायो ५७ सांसदको नामावली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा पठाउने सांसदहरूको नामावली टुंगो लगाएको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले कुल ५७ जनाको नामावली तय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार उक्त सूचीमा ४८ महिला र ९ पुरुष समावेश छन् ।

समानुपातिक समावेशी प्रावधानअनुसार विभिन्न समुदायबाट प्रतिनिधित्व सुनिश्चित गर्दै नामावली तयार गरिएको बताइएको छ । तय गरिएको सूचीमा खासआर्य समूहबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, मधेशी समुदायबाट ९ जना, दलितबाट ८ जना, थारु समुदायबाट ४ जना तथा मुस्लिम समुदायबाट ३ जनाको प्रतिनिधित्व रहनेछ ।

प्रवक्ता झाले उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाइने जानकारी दिए । आयोगले सूची रुजु गरेर अनुमोदन गरेपछि मात्र क्लस्टरअनुसार परेका व्यक्तिहरूको नाम सार्वजनिक गरिने उनले बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १, आईतवार ०८:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP