मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरू सहिद घोषणा, परिवारलाई १५ लाख राहत

3.5K
SHARES
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरू सहिद घोषणा, परिवारलाई १५ लाख राहत

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सरकारले सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद् विस्तार पछि बसेको आजको बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

गृहमन्त्री अर्यालका अनुसार ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिनेछ भने असोज १ गतेलाई शोक दिवसका रूपमा मनाइनेछ ।

सरकारले पीडित परिवारलाई पहिले नै दिँदै आएको १० लाख रुपैयाँसहित थप ५ लाख प्रदान गर्ने निर्णय गरेको छ, जसअनुसार प्रत्येक परिवारलाई १५ लाख रुपैयाँ राहत दिइनेछ । यो रकम अर्थ मन्त्रालयमार्फत निकासा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिनेछ ।

यदि ज्यान गुमाउनेहरू दुर्गम जिल्लाका हुन् भने, अन्त्येष्टिका लागि आवश्यक यातायात तथा हवाई खर्च समेत सरकारले बेहोर्नेछ ।

घाइतेहरूको निःशुल्क उपचार जारी राख्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । साथै, आन्दोलनमा दमन भएको भनी उठेका आरोपहरूको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गरिनेछ ।

सरकारले ज्यान गुमाएका जेन्जीहरूको स्मृतिमा ूजेन्जी जागरण स्मारक पार्कू निर्माण गर्ने निर्णय पनि गरेको छ । यसको लागि उपयुक्त स्थान खोजीको प्रक्रिया थालिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३०, सोमबार १५:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP