मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृहमन्त्री अर्याललाई हटाउने कुनै दबाब छैन : प्रधानमन्त्री सचिवालय

3.5K
SHARES
गृहमन्त्री अर्याललाई हटाउने कुनै दबाब छैन : प्रधानमन्त्री सचिवालय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने विषयमा बाह्य दबाब परेको भन्ने समाचार असत्य भएको स्पष्ट गरेको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले गृहमन्त्रीलाई हटाउन दबाब दिएको भन्ने समाचार भ्रमपूर्ण भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “मन्त्री नियुक्ति वा पदमुक्त गर्ने अधिकार केवल सम्माननीय प्रधानमन्त्रीकै नीतिगत अधिकारक्षेत्रभित्र पर्छ । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुने प्रश्न नै उठ्दैन ।”

सचिवालयले जेनजी आन्दोलनबाट आएको जनादेशअनुसार गठित वर्तमान सरकारले असामान्य परिस्थितिमा राष्ट्रको जिम्मेवारी सम्हालिरहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले आगामी निर्वाचनको तयारी, शान्ति–सुरक्षा र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर काम गरिरहेको जनाएको छ ।

साथै, प्रधानमन्त्री सचिवालयले संवेदनशील अवस्थामा भ्रमपूर्ण समाचार नफैलाउन र यस्ता अफवाहमा विश्वास नगर्न सबै पक्षलाई आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १३, बिहीबार ०६:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP