मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स अन्तिम ८ मा, मोरक्कोले क्यानडालाई सहजै पन्छायो

559
SHARES
एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स अन्तिम ८ मा, मोरक्कोले क्यानडालाई सहजै पन्छायो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको फिलाडेल्फियास्थित मैदानमा सम्पन्न प्रतिस्पर्धामा कप्तान किलियन एम्बाप्पेको दोस्रो हाफमा गरेको एकमात्र गोल नै फ्रान्सको जितको आधार बन्यो ।

दुवै टोलीबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि फ्रान्सले दोस्रो हाफमा दबाब बढाएको थियो । खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । डेसिरे डोएमाथि पाराग्वेका डिएगो गोमेजले फाउल गरेपछि भिडियो सहायक रेफ्री (VAR) को समीक्षा पश्चात् फ्रान्सले पेनाल्टी पाएको थियो ।

जितपछि पनि फ्रान्सले थप गोल गर्ने अवसर सिर्जना गरेको थियो । तर एम्बाप्पेका दुई उत्कृष्ट प्रहारलाई पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले शानदार बचाउ गर्दै टोलीलाई थप क्षतिबाट जोगाए ।

योसँगै फ्रान्स लगातार चौथोपटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । एम्बाप्पेले जारी प्रतियोगितामा सातौँ गोल पूरा गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग संयुक्त रूपमा शीर्ष स्थान कायम राखेका छन् ।

त्यसैगरी, अर्को राउन्ड अफ १६ को खेलमा मोरक्कोले सह–आयोजक क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

ह्युस्टनमा सम्पन्न खेलमा मोरक्कोका अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औँ मिनेटमा कप्तान अच्राफ हाकिमीको पासमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।

ओउनाहीले ८२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल थप्दै मोरक्कोलाई ३–० को सहज जित दिलाए ।

अब क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् । सन् २०२२ को विश्वकपको सेमिफाइनलपछि यी दुई टोलीबीच विश्वकपमा फेरि प्रतिस्पर्धा हुन लागेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २१, आईतवार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP