मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना: दुई जनाको ज्यान गयो

533
SHARES
रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना: दुई जनाको ज्यान गयो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

सोमबार ना ७ ख ६७६८ नम्बरको निसान गाडी रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो । गाडीमा निर्वाचन कर्मचारी, सुरक्षाकर्मी, मतपेटिका र आवश्यक कागजात रहेको बताइएको छ । दुर्घटनामा सात जना घाइते भएका थिए, जसमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार घिमिरेलाई रामेछाप–२ को वडा कार्यालय भवन, साँघुटारस्थित मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो । उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटारको रुद्राक्षश्वर माध्यमिक विद्यालयमा निमावि द्वितीय तहका शिक्षकका रूपमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन तिमिल्सनाका अनुसार बाँकी घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १८, सोमबार १४:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP