मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खाडी क्षेत्रमा बढ्दो तनावपछि सरकार सतर्क, नेपालीको सुरक्षाका लागि चार महत्वपूर्ण निर्णय

1.1K
SHARES
खाडी क्षेत्रमा बढ्दो तनावपछि सरकार सतर्क, नेपालीको सुरक्षाका लागि चार महत्वपूर्ण निर्णय

काठमाडौं । खाडी क्षेत्रमा पछिल्लो समय देखिएको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले नेपाली नागरिकको सुरक्षाका लागि विभिन्न तयारी सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार खाडी तथा मध्यपूर्वका देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । त्यहाँ बसोबास गर्ने नेपाली नागरिकको अवस्था निरन्तर निगरानी गर्न दूतावासहरूलाई भनिएको मन्त्रालयले जनाएको छ ।

परिस्थिति थप जटिल बनेमा आवश्यक निर्णय तत्काल लिन सक्ने गरी विभिन्न संयन्त्रहरू पनि बनाइँदैछन् । मन्त्रालयअन्तर्गत मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले नागरिकका लागि सूचना र सतर्कता सन्देश जारी गरिसकेको जानकारी दिए ।

उनका अनुसार विभिन्न देशहरूले जारी गरेका आधिकारिक वक्तव्य तथा समग्र सुरक्षा अवस्थालाई मन्त्रालयले निरन्तर निगरानी गरिरहेको छ ।

सरकारले सुरु गर्‍यो चार तयारी
(१) बहु–सरोकारवाला आपतकालीन उद्धार टोलीको गठनः परराष्ट्र सचिवको संयोजकत्वमा ुमल्टि(स्टेकहोल्डर इमर्जेन्सी रेस्क्यु टिमु गठनको प्रक्रिया सुरु गरिएको छ । यस टोलीमा सम्बन्धित मन्त्रालय, सुरक्षा निकाय र अन्य सरोकारवाला संस्थाहरू रहनेछन् ।

(२) डिजिटल निगरानी र सूचना संयन्त्रको स्थापनाः संकट व्यवस्थापनका लागि खाडी क्षेत्रका देशहरूमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरू सम्मिलित एक ‘ह्वाट्सएप ग्रुप’ बनाइएको छ । यसले प्रत्येक देशको ताजा सुरक्षा अवस्था र नेपालीले भोगिरहेका समस्याबारे तत्काल जानकारी आदान–प्रदान गर्न सहयोग पुग्नेछ ।

(३) अनलाइन रजिस्ट्रेसन र मोबाइल एप विकासः सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागलाई अनलाइन रजिस्ट्रेसन प्लेटफर्म र मोबाइल एप विकास गर्न निर्देशन दिइएको छ । यसबाट नेपाली नागरिकले आफ्नो विवरण दर्ता गर्न सक्नेछन्, जसले संकटको समयमा उनीहरूको अवस्था पत्ता लगाउन सजिलो हुनेछ ।

(४) हटलाइन र ट्राभल एडभाइजरीको व्यवस्थाः प्रभावित क्षेत्रका लागि आधिकारिक ‘ट्राभल एडभाइजरी’ जारी गरिएको छ । साथै, नागरिकका समस्या सुन्न र सहायता प्रदान गर्न २४ सै घण्टा सञ्चालन हुने ुकन्सुलर रेस्पोन्स हटलाइनु को व्यवस्था गर्ने तयारी अघि बढाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १७, आईतवार १३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP