मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचनको सन्दर्भमा एमालेले उठाएको पाँच विषय

494
SHARES
निर्वाचनको सन्दर्भमा एमालेले उठाएको पाँच विषय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा पाँच विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा आम निर्वाचन २०८२ का एमाले प्रचार संयोजक मीनबहादुर शाहीले पार्टीको आधिकारिक दृष्टिकोण प्रस्तुत गरेका हुन् ।

पत्रकार सम्मेलनमा लिखित प्रेस वक्तव्य वाचन गर्दै शाहीले निर्वाचन नजिकिँदै गर्दा सरकारले निषेधाज्ञा र कर्फ्यु जस्ता कदम चालेर आम जनतामा डर र त्रास फैलाउने प्रयास गरेको आरोप लगाए । उनले यस्तो वातावरणका बाबजुद पनि एमालेप्रति जनसमर्थन बढिरहेको दाबी गरे ।

शाहीले अहिलेको चुनावी अभियान ‘भोट फर चेन्ज’ भन्दा पनि ‘भोट फर नेशन’को नारासहित अघि बढिरहेको उल्लेख गर्दै एमालेका नेता–कार्यकर्ता जनताको घरदैलोमा पुगेर मत माग्ने अभियानमा सक्रिय रहेको बताए ।

त्यसैगरी, एमालेले न्यायिक प्रक्रियामाथि प्रश्न उठाउँदै जेनजी प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुअघि नै महान्यायाधिवक्ताको कार्यालयबाट घटनालाई सामान्यीकरण गर्ने प्रयास भएको आरोप लगाएको छ ।

एमालेले निर्वाचनको मुखमा विभिन्न सर्वेक्षण सार्वजनिक गरी जनमत प्रभावित पार्ने प्रयास भइरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेको छ । साथै सामाजिक सञ्जालमार्फत आचारसंहिता विपरीत चुनावी प्रचार भइरहेको भन्दै उक्त विषयमा आवश्यक निगरानी र कारबाही गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १२, मंगलवार १३:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP