मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतविरुद्धको टी–२० विश्वकप खेल्ने पाकिस्तानको निर्णय, बहिष्कार फिर्ता

2K
SHARES
भारतविरुद्धको टी–२० विश्वकप खेल्ने पाकिस्तानको निर्णय, बहिष्कार फिर्ता

काठमाडौं । पाकिस्तानले भारतविरुद्धको टी–२० पुरुष विश्वकप खेल बहिष्कार गर्ने आफ्नो अघिल्लो निर्णय फिर्ता लिएको छ । पाकिस्तान सरकारले सोमबार राति औपचारिक रूपमा भारतसँगको निर्धारित खेल खेल्न राष्ट्रिय टोलीलाई निर्देशन दिएको हो ।

यस निर्णयसँगै टी–२० पुरुष विश्वकपको सबैभन्दा बढी प्रतीक्षा गरिएको भारत–पाकिस्तान भिडन्त फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा आयोजना हुने भएको छ । दुबै देशबीचको प्रतिस्पर्धालाई विश्व क्रिकेटकै सबैभन्दा चासोपूर्ण खेलका रूपमा हेरिँदै आएको छ ।

पाकिस्तान सरकारद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) बीच भएको बहुपक्षीय छलफल सकारात्मक रहेको उल्लेख गरिएको छ । साथै श्रीलंका र संयुक्त अरब इमिरेट्स (यूएई) लगायत विभिन्न देशहरूले आर्थिक असर पर्न सक्ने कारण देखाउँदै पाकिस्तानलाई खेल बहिष्कार नगर्न आग्रह गरेको जनाइएको छ ।

यस विषयमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र श्रीलंकाका राष्ट्रपति कुमारा दिसानायकेबीच पनि प्रत्यक्ष संवाद भएको बताइएको छ । उक्त संवादपछि स्थिति थप सहज बनेको सरकारको भनाइ छ ।

यसअघि पाकिस्तानले बंगलादेशलाई टी–२० विश्वकपबाट हटाइएपछि भारतविरुद्ध खेल बहिष्कार गर्ने संकेत दिएको थियो । तर आईसीसीले बंगलादेशमाथि कुनै कारबाही नगर्ने निर्णय गरेसँगै विवाद शान्त भएको हो ।

क्रिकइन्फोका अनुसार सबै सदस्य राष्ट्रहरूले प्रतियोगिताप्रति गरेको प्रतिबद्धता पालना गर्ने र टी–२० विश्वकपलाई सफल बनाउन एकताबद्ध रूपमा अघि बढ्ने सहमति जनाएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २७, मंगलवार ०१:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP