मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुनी प्रभाव कमजोर, पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना

4K
SHARES
मनसुनी प्रभाव कमजोर, पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहेकाले स्थानीय वायूको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशको अधिकांश भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ भने केही स्थानहरूमा वर्षाको सम्भावना पनि रहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ । विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम खालको वर्षा हुन सक्ने अनुमान गरिएको छ । बाँकी भू-भागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ । यद्यपि, कोशी प्रदेश लगायतका पहाडी भू-भागका केही थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना कायमै रहेको छ ।

महाशाखाले विशेष गरी पहाडी क्षेत्रमा सवारी–सञ्चालक, यात्रु तथा कृषकहरूलाई सतर्क रहन आग्रह गरेको छ । कमजोर मनसुनी प्रभावका बाबजुद स्थानिय मौसमी प्रणालीका कारण यदाकदा वर्षा हुने सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ११, शनिबार ००:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP