मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मतदाता परिचयपत्र नहुँदा पनि मतदान गर्न पाइने, आयोगले तोक्यो ६ वैकल्पिक कागजात

1.5K
SHARES
मतदाता परिचयपत्र नहुँदा पनि मतदान गर्न पाइने, आयोगले तोक्यो ६ वैकल्पिक कागजात

काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनमा मतदाता परिचयपत्र नभए पनि तोकिएका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने निर्वाचन आयोगले स्पष्ट गरेको छ ।

आयोगद्वारा स्थापना गरिएको कल सेन्टरमा प्राप्त जिज्ञासाको जवाफ दिँदै, मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा साथमा नभएको अवस्थामा पनि मतदानको व्यवस्था गरिएको जानकारी गराइएको हो ।

निर्वाचन आयोगका अनुसार मतदान गर्न पाउनका लागि सबैभन्दा पहिला मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने अनिवार्य शर्त छ । नामावलीमा नाम समावेश भएका मतदाताले सामान्य अवस्थामा मतदाता परिचयपत्र साथमा लिएर मतदान केन्द्र जानुपर्ने व्यवस्था छ ।

तर परिचयपत्र उपलब्ध नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) मध्ये कुनै एक सक्कल कागजात प्रस्तुत गरेमा मतदान गर्न पाइने आयोगले जनाएको छ ।

आयोगले मतदातालाई आवश्यक कागजातको व्यवस्था गरेर निर्धक्क रूपमा मतदान प्रक्रियामा सहभागी हुन आग्रहसमेत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २०, मंगलवार ०६:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP