मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर वर्षा र हिमपातको सम्भावना रहेकाले सकर्तकता रहन विभागको आग्रह

2.7K
SHARES
देशभर वर्षा र हिमपातको सम्भावना रहेकाले सकर्तकता रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागले पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण मौसम प्रभावित हुने चेतावनी दिएको हो ।

बुलेटिनअनुसार आज रातिदेखि पर्सि बुधबार बिहानसम्म देशका विभिन्न भागमा आंशिकदेखि पूर्ण बदली भई वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै, अन्य प्रदेशका पहाडी र हिमाली भू–भागमा पनि केही स्थानमा वर्षा हुने देखिएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ । विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा एक–दुई ठाउँमा भारी हिमपातसमेत हुन सक्ने सम्भावना व्यक्त गरिएको छ ।

विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । साथै, उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने वा बसोबास गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १०, सोमबार ०७:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP