मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिक सूचीमा त्रुटि भेटिएपछि आयोगले दियो दलहरूलाई सच्याउन निर्देशन

1.7K
SHARES
समानुपातिक सूचीमा त्रुटि भेटिएपछि आयोगले दियो दलहरूलाई सच्याउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न त्रुटि देखिएपछि त्यसलाई सच्याउन दलहरूलाई औपचारिक रूपमा पत्राचार गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत सम्बन्धित दलहरूलाई देखिएका कमजोरीहरू मिलाउन निर्देशन दिइएको हो ।

आयोगले दलहरूले पेस गरेको बन्दसूचीमा नामहरूको क्लस्टर प्रतिशत परीक्षण गर्दा एउटै व्यक्तिको नाम दुई स्थानमा समावेश भएको, एक क्लस्टरमा हुनुपर्ने नाम अर्को क्लस्टरमा राखिएको जस्ता त्रुटि फेला पारेको जनाएको छ । यस्ता समस्या नेपाली कांग्रेस र नेकपा एमालेका सूचीमा समेत देखिएको आयोगको भनाइ छ ।

केही दलले बुझाएको सूचीमा उम्मेदवारको हस्ताक्षर नै नदेखिएको, साथै ‘पिछडिएको क्षेत्र’ समूहमा राखिएका व्यक्तिको नागरिकता विवरण पुनः जाँच गर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ । यी लगायतका अस्पष्ट र नमिलेका विषय प्रस्ट पार्न आयोगले दलहरूलाई सच्याउन आग्रह गरेको हो ।

पुस १३ र १४ गते दलहरूले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका थिए । त्यसको अध्ययनपछि आइतबार आयोगले त्रुटि सच्याउन दलहरूलाई जानकारी गराएको हो ।

आयोगका अनुसार आजदेखि पुस २७ गतेसम्म दलहरूले औंल्याइएका त्रुटि सच्याउने समय पाउनेछन् । उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई पुस २८ गतेको समय तोकिएको छ ।

यदि कुनै उम्मेदवारले नाम फिर्ता लिएमा त्यसको जानकारी निर्वाचन आयोगले सम्बन्धित राजनीतिक दललाई पुस २९ गते दिनेछ । सो कारण रिक्त भएको स्थानमा सोही समूहको अर्को उम्मेदवार मनोनयन गरी दलले आयोगमा बुझाउने मिति पुस ३० गते तोकिएको छ ।

आयोगको कार्यतालिका अनुसार त्यसपछि प्राप्त बन्दसूचीको नामावली सार्वजनिक गरिनेछ । माघ ४ गते उम्मेदवारको बन्दसूची प्रकाशन भएपछि समावेश उम्मेदवारको योग्यता सम्बन्धमा दाबी–विरोध दर्ता गर्न सकिनेछ, जसका लागि माघ ५ देखि १० गतेसम्मको समय निर्धारण गरिएको छ ।

माघ ११ देखि १७ गतेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरी आयोगले निर्णय गर्नेछ । अन्ततः माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुने आयोगको तालिका रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २१, सोमबार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP