मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार सिफारिस गर्न जसपाको निर्देशन

1.3K
SHARES
प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार सिफारिस गर्न जसपाको निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सिफारिस गरी पठाउन पार्टीका प्रदेश तथा जिल्ला समितिलाई निर्देशन दिएको छ ।

पार्टी विधानको धारा ११७ उपधारा ९९३०० अनुसार उम्मेदवारसम्बन्धी मापदण्ड र योग्यता पूरा गरेका योग्य व्यक्तिहरूमध्येबाट उम्मेदवार छनोट गर्न भनिएको हो । प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सोही प्रावधानबमोजिम उम्मेदवार चयन गरी नामावली केन्द्रमा पठाउन आग्रह गरिएको छ ।

पार्टीले माघ १६ गते जारी गरेको परिपत्रअनुसार प्रत्येक प्रतिनिधिसभा क्षेत्रीय समितिको निर्णयसहित उम्मेदवारहरूको नामावली संकलन गरी रायसहित सात दिनभित्र अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी पठाउन बिहीबार प्रदेश र जिल्ला समितिलाई अनुरोध गरेको छ ।

सिफारिस गरिएका उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि तथा पार्टीमा पुर्‍याएको योगदानसमेत स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिइएको छ ।

उम्मेदवारहरूको अन्तिम निर्णय भने पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा रहेको संघीय संसदीय बोर्डले गर्ने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १८, शुक्रबार ०६:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP