मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महावीर पुनको आग्रहः ‘मन्त्री नभन्नुहोस्, भन्न मन लागे कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला !’

3.1K
SHARES
महावीर पुनको आग्रहः ‘मन्त्री नभन्नुहोस्, भन्न मन लागे कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला !’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा सिफारिस भएका महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार उनको नाम राष्ट्रपतिलाई मन्त्री नियुक्तिको लागि सिफारिस गरेपछि पुनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

फेसबुकमा ‘मेरो पहिलो घोषणा’ शीर्षक दिँदै पुनले लेखेका छन्, “मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला ।”

उनले थप आग्रह गरेका छन् कि कोही पनि फोन गरेर बधाई दिन वा खादा र माला लिएर घरमा नआउनुहोला । त्यसको सट्टा, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाको अवधिमा गर्न सकिने ठोस काम र आइडिया भए, त्यसलाई ह्वाट्सएपमा सेयर गर्न अनुरोध गरेका छन् ।

महावीर पुनको यो विनम्र र व्यावहारिक शैलीले उनको नेतृत्वमा केही फरक र प्रभावकारी कामको अपेक्षा गर्न सकिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ६, सोमबार ०३:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP