मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचनको तयारीमा सरकार, शीर्ष नेतासँग सघन संवाद

2.7K
SHARES
निर्वाचनको तयारीमा सरकार, शीर्ष नेतासँग सघन संवाद

काठमान्डु । प्रतिनिधिसभा निर्वाचनको अनुकूल वातावरण बनाउन वर्तमान सरकारले राजनीतिक संवादलाई तीव्र बनाएको छ । आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई लक्षित गर्दै सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग निरन्तर छलफल सुरु गरेको हो ।

यसैक्रममा आज सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जस्थित निवासमा भेटवार्ता गरिरहेका छन् ।

मन्त्री खरेलको सचिवालयका अनुसार आजै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम तय भएको छ ।

सरकारले निर्वाचनलाई समयमै, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गर्ने उद्देश्यले राजनीतिक सहमति र समन्वयलाई प्राथमिकता दिएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ११, शुक्रबार ०५:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP