मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१०० दिनमा १०१ कार्य सम्पन्न गरेको मन्त्री कुलमान घिसिङको दाबी

1.7K
SHARES
१०० दिनमा १०१ कार्य सम्पन्न गरेको मन्त्री कुलमान घिसिङको दाबी

काठमान्डु । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेको १०० दिनभित्र आफूले गरेका काम सार्वजनिक गरेका छन् । उनले यस अवधिमा तीनवटै मन्त्रालय अन्तर्गत १०१ वटा महत्वपूर्ण कार्य सम्पन्न गरेको दाबी गरेका छन् ।

मन्त्री घिसिङका अनुसार उनले अधिकांश समय फिल्डमै खटिएर काम गरेका छन् । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने, फोहोर व्यवस्थापनमा सुधार ल्याउने, लामो समयदेखि अल्झिएका तथा कार्य प्रगति नदेखिएका ठेक्काहरू तोड्ने जस्ता निर्णयहरू यस अवधिका प्रमुख उपलब्धि भएको उनले बताए ।

ऊर्जा क्षेत्रतर्फ विशेष ध्यान दिँदै उनले नेपाल विद्युत प्राधिकरणसँग सम्बन्धित केही विगतका गलत अभ्यासहरू अन्त्य गरिएको उल्लेख गरे । आम नागरिक लोडसेडिङको समस्याबाट पीडित भइरहँदा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्ने उद्योगहरूले तिर्नुपर्ने प्रिमियम महसुल राजनीतिक हस्तक्षेपका कारण उठ्न नसकेको उनको भनाइ छ ।

‘स्पष्ट निर्देशन र दृढ निर्णयका कारण अब ती उद्योगहरूले बक्यौता महसुल तिर्न सुरु गरेका छन्,’ मन्त्री घिसिङले भने । यसले ऊर्जा क्षेत्रमा अनुशासन कायम हुनुका साथै राज्यको राजस्व वृद्धि हुने विश्वास उनले व्यक्त गरे ।

मन्त्री घिसिङले आगामी दिनमा पनि परिणाममुखी कामलाई प्राथमिकता दिँदै पूर्वाधार विकास, सहरी व्यवस्थापन र ऊर्जा क्षेत्रलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १०, बिहीबार ००:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP