मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेतृत्व र विचारले कम्युनिस्ट आन्दोलनको दिशा निर्धारण गर्छ : प्रचण्ड

2.3K
SHARES
नेतृत्व र विचारले कम्युनिस्ट आन्दोलनको दिशा निर्धारण गर्छ : प्रचण्ड

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा नेतृत्व र विचारको भूमिका निर्णायक हुने बताएका छन् । उनले सही नेतृत्व र स्पष्ट विचार भएमा कमजोर देखिने शक्तिले पनि ठूलो उपलब्धि हासिल गर्न सक्ने धारणा राखे ।

सुर्खेतमा आयोजित नेकपाको एकता सभा सन्देश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले विचार र नेतृत्वको मेल आन्दोलनको सफलता–असफलताको मुख्य आधार हुने उल्लेख गरे । उनका अनुसार, विचार प्रष्ट र नेतृत्व दृढ भएमा नदेखिएको शक्ति समेत आर्जन गर्न सकिन्छ र एकपछि अर्को विजय सम्भव हुन्छ ।

‘नेतृत्व सही भयो र विचार सही भयो भने नभएको शक्ति पनि आर्जन हुँदो रहेछ, एकपछि अर्को विजय हासिल गर्न सकिँदो रहेछ,’ उनले भने । तर नेतृत्व र विचार दुवै गलत दिशामा गएमा भने भएको शक्ति समेत खेर जाने प्रचण्डको भनाइ थियो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित टिप्पणी गर्दै उनले नेतृत्वकै कारण पार्टी र सरकार दुवै कमजोर बनेको दाबी गरे । ‘विचार र नेतृत्व गलत भयो भने भएको शक्ति पनि बर्बाद हुँदोरहेछ’ भन्दै उनले नेकपाको कालखण्डमा त्यसको प्रत्यक्ष अनुभव गरिएको बताए ।

प्रचण्डले ओलीको साटो त्यतिबेला फरक नेतृत्व भएको भए राजनीतिक परिस्थिति अर्कै मोड लिन सक्ने संकेत पनि गरे । ‘के ओलीको ठाउँमा त्यतिबेला अर्को कोही भइदिएको भए या त्यसको ठाउँमा अर्को कोही प्रधानमन्त्री भएको भए के हुन्थ्यो होला भन्ने कुरा म कहिलेकाहीँ फर्केर हेर्ने गर्दछु,’ उनले भने ।

उनको भनाइले कम्युनिस्ट आन्दोलनमा नेतृत्व चयन र वैचारिक स्पष्टताको महत्वलाई पुनः बहसको केन्द्रमा ल्याएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २७, शनिबार ११:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP